नियम ३९
बन्दीलाई छोड्ने
अदालतले देहायको अवस्थामा बन्दीलाई थुनाबाट छोड्ने आदेश दिन सक्नेछ:-

(क) सूचनामा तोकिएको दिन वा पेसीको दिन प्रत्यर्थीले कुनै कारण नदेखाएमा, (ख) कारण देखाए पनि सो कारण मनासिब नदेखिएमा, वा (ग) बढदनियतका साथ वा प्रवृत्त धारणा बनाई वा कानून विपरीत थुनामा राखेको देखिएमा ।